Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ

स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ

दैनिकी न्यूज

२०, मंसिर २०७८
स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सोही पसलका मनेजेर काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय होरोसी खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा श्रोत नखुलेको रकम ओसार पोसार तथा लुकाई राख्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा झोलामा राखिएको अवस्थामा १ हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ती शुद्धिकरण बिभाग पुल्चोक ललितपुर
पठाइएको छ ।

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - १५:४७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology