Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

दैनिकी न्यूज

१३, मंसिर २०७८
जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ
images

काठमाडौं । जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका १० बस्ने काभ्रे पनौती नगरपालिका १० घर भएकी २७ वर्षीया रबिना थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी उद्योग मुद्दामा गत असार १८ गते पक्राउ परी हाल पुर्पक्षको लागि डिल्लीबजार कारागार चारखालमा थुनामा रहेका चाईनिज नागरिक लिउ युईलाई थुनामुक्त गराई दिन्छौँ भनि प्रतिवादीकी श्रीमतीबाट २० लाख रुपैयाँ रकम लिई ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १५ छाउनीबाट पक्राउ गरेको हो ।

रविना समेतका २ महिलाहरूले आफ्नो मान्छे वकिल छन् उनले न्यायाधीश, वकिल सबै चिनेका छन्, सेटिङ मिलाई थुनामा रहेका तपाईँको श्रीमानलाई धरौटीमा छुटाई दिने र सेटिङ गर्नको लागि खर्च लाग्छ भने अनुसारको रकम दिँदै जानु भनि प्रतिवादीकी श्रीमतीलाई विश्वास दिलाई प्रलोभनमा पारी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १३, २०७८ सोमवार - १९:४३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology