Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया मङ्सिर २१ बाटै

नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया मङ्सिर २१ बाटै

दैनिकी न्यूज

११, मंसिर २०७८
नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया मङ्सिर २१ बाटै
images

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया सुरु गरिने भएको छ । मङ्सिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया मङ्सिर २१ गतेबाट नै सुरु गरिनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिए ।

निर्वाचन प्रक्रियाअन्तर्गत पहिला महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ । त्यसअघि सबै जिल्लाले क्षेत्रीय अधिवेशन पूरा गर्नुपर्नेछ । भ्रातृ, शुभेच्छुक संस्था तथा विदेशस्थित विभिन्न जनसम्पर्क समितिले समेत महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनुपर्नेछ ।

मङ्सिर २२ र २३ गते पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिने सम्भावना छ । तर निर्वाचन समितिले यस विषयमा औपचारिक निर्णय गरेको छैन । यसको टुङ्गो मङ्सिर २१ गते नै गरिने र महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी उनले दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०७८ शनिवार - ०७:२७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology