Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

विभाजित एमाले, शक्तिशाली ओली

विभाजित एमाले, शक्तिशाली ओली

दैनिकी न्यूज

१०, मंसिर २०७८
विभाजित एमाले, शक्तिशाली ओली
images

काठमाडौं । नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा ९समाजवादी० थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्।

त्यही भएर हुन सक्छ, ओलीले महाधिवेशनको दुई दिनअघि एउटा सन्देश दिए– ‘सहमतिका लागि म कसैलाई पनि आग्रह गर्दिनँ।’ ओलीको यो भनाइले पार्टीमा तरंग पैदा भयो। नेताहरूले भन्दै आएको ‘सहमति’को महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव होला त रु भन्ने प्रश्न यसले उब्जाएको छ।

पार्टी नेताहरू ओलीकै पक्षमा खुलिरहेका छन्। ‘यो अवस्थामा अध्यक्षमा केपी ओलीको विकल्प हुने कुरै भएन। अहिलेको परिस्थितिमा ओली एमालेका लागि मात्रै होइन, देश र जनताका लागि आवश्यक हो’, एमाले नेता सुवास नेम्वाङ भन्छन्, ‘सर्वसम्मत हुनु प¥यो भन्ने नै हो। तर, भएन भने त चुनावमा जानै प-यो नि !’

नेता नेम्वाङले चुनौतीको अवस्थामा सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टीमा एकताको सन्देश जाने बताए। अन्तिमसम्म सहमतिकै प्रयास हुने, नत्र ‘लोकतान्त्रिक विधिमा जान सकिने’, प्रतिक्रिया दिए।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०८:३३:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology