Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

दैनिकी न्यूज

१०, मंसिर २०७८
नेपाल विकासशील मुलुकमा स्तरोन्नति
images

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ । बुधबार बसेको महासभाको ४० औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्ट्रसङ्घीय मिसनको कार्यालयले जनाएको छ ।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले महासभामा बोल्दै नेपालको स्तरोन्नतिका लागि विकास सुधारका लागि विकास साझेदारबाट प्राप्त हुने सहयोगमा वृद्धि तथा सहजीकरणमा आफ्नो पहल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।


नेपालका लागि यो ऐतिहासिक अवसर हो, जसले आफ्नो मुलुकको विकास प्रगतिलाई विश्वसामु प्रस्तुत गरेर देखाउन पाउने महत्तवपूर्ण ढोका खोलिदिएको छ ।


संयुक्त राष्ट्रसङ्घले जारी गरेको वक्तव्यका अनुसार नेपालसहित बङ्गलादेश र गणतन्त्र लाओसलाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि पूर्वतयारीको पाँच वर्षे समय दिइएको छ । यस अवधिमा स्तरोन्नतिका लागि योग्य हुनुका साथै कोभिड महामारीपश्चात्को पुनः प्राप्तिसँगै आर्थिक विकासका लागि आफ्ना रणनीतिक योजना र नीतिहरू लागूू गरेर विकासको बाटोमा लम्कन सघाउ पु(याउने अपेक्षा उसले गरेको छ ।


विकासशील मुलुकमा स्तरोन्नति हुने अवधि सन् २०२६ को डिसेम्बरसम्म भने नेपालले अति कम विकसित मुलुकको हैसियतमा प्राप्त सबै प्रकारका सहुलियत, सुविधा तथा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गरिरहने जनाइएको छ ।


नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्नका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक परिषद्ले गत असारमा स्वीकृति प्रदान गरेको थियो । नेपालले स्तरोन्नतिका लागि आवश्यक मापदण्ड सन् २०१५ र २०१८ मा पूूरा गरिसकेको थियो ।

कुल गार्हस्थ्य उत्पादनका आधारमा प्रतिव्यक्ति आय, मानवीय सम्पत्तिको सूचक र वातावरणीय जोखिमको सूचकमध्ये दुईवटा मापदण्ड नेपालले पूूरा गरेपछि स्तरोन्नतिको सूचीमा नेपाल उक्लेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७८ शुक्रवार - ०८:१४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology