Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोकिने

मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोकिने

दैनिकी न्यूज

८, मंसिर २०७८
मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोकिने
images

काठमाडौं । सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ।

प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको बिहीबार बस्ने पूर्ण बैठक (फुलकोर्ट) ले यही मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ।

सर्वोच्च अदालतका १९ जना न्यायाधीशको आज बसेको अनौपचारिक बैठकले सर्वोच्च प्रशासनसँग सहमति गरी पूर्ण बैठक बस्ने र गोलाप्रक्रियाबाट सुनुवाइ गर्ने तय गरेको हो।

सर्वोच्च अदालतका १९ न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एसोसिएसनका प्रतिनिधिसँग आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको यही मंसिर २ गते बिहीबारको पूर्ण बैठक ९फुलकोर्ट० ले गोलाप्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार सोमबार राजपत्रमा प्रकाशितसमेत भइसकेको छ। गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसिएसनको पनि थियो।

सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन। बीच(बीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो।

पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ। अदालतमा मुद्दाको चापअनुसार नियमितरूपमा बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्। रासस

images
प्रकाशित मिति :मंसिर ८, २०७८ बुधवार - १८:१९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology