Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

कांग्रेस अधिवेशनः ४० जिल्लाको नतिजा सार्वजनिक

कांग्रेस अधिवेशनः ४० जिल्लाको नतिजा सार्वजनिक

दैनिकी न्यूज

८, मंसिर २०७८
कांग्रेस अधिवेशनः ४० जिल्लाको नतिजा सार्वजनिक
images

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए ।

संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधबार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।”

यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भइरहेको उनले बताए । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ ।

समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०७८ बुधवार - ०७:३९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology