काठमाडौँ । गृह मन्त्रालयले ४ एसएसपीको सरुवा गरेको छ । महानगरीय प्रहरी परीसर काठमाडौँको जिम्मेवारी एसएसपी सुदिप गिरीलाई दिएको छ । काठमाडौँ परीसर प्रहरी प्रमुख रहेका एसएसपी अशोक सिंहको भरतपुर तालिम केन्द्र सरुवा भएको छ ।
यस्तै परीसर ललितपुर प्रहरी प्रमुखमा एसएसपी यज्ञ विनोद पोखरेलको सरुवा भएको छ । ललितपुर प्रहरी प्रमुख किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालय अन्वेषण शाखामा सरुवा गरिएको छ ।
त्यसैगरी तालिम केन्द्रका विष्णु केसी प्रहरी प्रधान कार्यालय सरुवा भएको स्रोतले जनाएको छ ।