Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

चोरीमा संलग्न ४ जना पक्राउ

चोरीमा संलग्न ४ जना पक्राउ

दैनिकी न्यूज

४, मंसिर २०७८
चोरीमा संलग्न ४ जना पक्राउ
images

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बानेश्वर बस्ने भारत मोतिहारी घर भएका ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साह र काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने भारत हैदरावाद घर भएका २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।

उक्त उद्योगमा गत कात्तिक ३० गते राति चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा २ जना किशोरले उक्त चोरी गरेको सामान काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित मुन्ना साहको कवाडी पसलमा बेचबिखन गरेको तथा नारद साहले उक्त चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रुपमा काम गरिरहेको खुल्न आएको छ ।

उनीहरुको साथबाट २९ केजी ५ सय ग्रामको ढलौटको करुवाको बैठक, ७४ केजी ढलौटको करुवाको मुख, ४७ केजी पानसको डण्डी र ४८ केजी कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ४, २०७८ शनिवार - १८:२२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology