Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

३, मंसिर २०७८
सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ
images

झापा । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी झापा अर्जुनधारा नगरपालिका ५ बस्ने ६५ वर्षीय उदय पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ३, २०७८ शुक्रवार - १३:३१:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology