Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

स्थानीय तहमा हुने भ्रष्टाचारले उग्ररुप लियो

स्थानीय तहमा हुने भ्रष्टाचारले उग्ररुप लियो

दैनिकी न्यूज

२, मंसिर २०७८
स्थानीय तहमा हुने भ्रष्टाचारले उग्ररुप लियो
images

काठमाडौं । स्थानीय तहमा हुने भ्रष्टाचार बढेको छ । सोमबार राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको जानकारी दिएको हो ।

आयोगको ३१ औं वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरी पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए । उनले स्थानीय तहमा अनियमितताका उजुरीहरु बढिरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा नागरिकको निगरानी बढेका कारण पनि संख्यामा वृद्धि भएको ठहर गरे ।

प्रवक्ता रिसालका अनुसार स्थानीय तहमा उजुरीको संख्या निकै बढ्दो क्रममा छ । “विभिन्न हिसाबले विश्लेषण गर्दा संघीय मामिला तथा स्थानीय तहमा ३२ प्रतिशत हाराहारीमा उजुरीहरु छन्,” उनले भने, “शिक्षातर्फका उजुरीहरु पनि स्थानीय तहका उजुरीहरुमा केही संलग्न छन् । यसरी हेर्दा स्थानीय तहमा भ्रष्टाचार भयो, अनियमितता भयो भनेर प्राप्त उजुरीहरुको ट्रेन्ड बढ्दो छ ।” आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :मंसिर २, २०७८ बिहिवार - ०८:०७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology