Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सभापतिमा उठ्ने शशांकको घोषणा

सभापतिमा उठ्ने शशांकको घोषणा

दैनिकी न्यूज

२, मंसिर २०७८
सभापतिमा उठ्ने शशांकको घोषणा
images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले २४ देखि २६ मंसिरमा काठमाडौंमा हुने १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गरेका छन् ।

महामन्त्री कोइरालाको यो घोषणाले कांग्रेसको संस्थापन इतर समूहलाई झस्काएको छ । कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवारको खोजी हुँदै थियो । उनी पनि सोही समूहमा छन् । शशांकको यो घोषणासँगै साझा उम्मेदवार बन्ने सम्भावनासमेत टरेको छ ।

संस्थापन इतर समूहबाट मात्रै कांग्रेस सभापतिका लागि झन्डै आधा दर्जन आकांक्षी छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङ सभापतिका दाबेदार छन् ।

यी नेताहरूको दाबेदारी सभापति पदमा हुँदै गर्दा बुधबार संखुवासभा पुगेर महामन्त्री कोइरालाले आफू पनि उठ्ने बताएका हुन् ।

यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

images
प्रकाशित मिति :मंसिर २, २०७८ बिहिवार - ०६:०१:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology