Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

यी दुई नेताको तीन दशक लामो दोस्ती यसरी तोडियो

यी दुई नेताको तीन दशक लामो दोस्ती यसरी तोडियो

दैनिकी न्यूज

१, मंसिर २०७८
यी दुई नेताको तीन दशक लामो दोस्ती यसरी तोडियो
images

काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे ।

पार्टीको १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मङ्सिर २४ देखि काठमाडौँमा तोकिएको १४ औँ महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन् । दुवैले सभापतिको प्रत्याशी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ ।

काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औँ महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको महत्त्वपूर्ण रहेको थियो । फरक पार्टी गठन गर्न होस् वा तत्कालीन नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकबीच एकीकरणको गुटगत प्रतिस्पर्धामा, देउवाका सारथि हुन् निधि । झण्डै तीन दशक लामो गुटगत सहकार्य तोड्दै देउवा र निधिले अहिले अलगअलग बाटो रोजेका छन् । आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १, २०७८ बुधवार - ०७:१४:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology