ललितपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् ।
ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा ५ ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेको महागनरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जने जानकारी दिए ।
उनका अनुसार आज बन्द गराउन खोज्ने ३ जनालाई नियन्त्रणमा लिइएको छ ।