Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एआइजी पाललाई पक्राउ नगर्न प्रधानमन्त्रीको निर्देशन

एआइजी पाललाई पक्राउ नगर्न प्रधानमन्त्रीको निर्देशन

दैनिकी न्यूज

३०, कार्तिक २०७८
एआइजी पाललाई पक्राउ नगर्न प्रधानमन्त्रीको निर्देशन
images

काठमाडौं । नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो। प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो ‘पक्राउ पुर्जी’ जारी गर्नेसम्मको तयारी भएको खुल्न आएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पौडेलका आफन्तले ‘इन्काउन्टर फेक’ भएको भन्दै गत असोज १७ गते सर्लाही जिल्ला प्रहरी कार्यालयमा हत्यामा संलग्न रहेको आरोप लागेकाहरूविरुद्ध जाहेरी दिएका थिए। सो जाहेरीमा पालमाथि पनि छानबिन होस् भन्ने माग गरिएको छ।

तर प्रहरीभित्रको आन्तरिक राजनीतिका कारण उनलाई कार्यकालअघि नै मुद्दा चलाएर हटाउने तयारीमा केही प्रहरी लागिपरेका थिए। उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेटेर पालविरुद्ध मुद्दा चलाउनुपर्ने सुझाव दिएका थिए। तर प्रधानमन्त्री देउवाले यो विषयमा अहिले ध्यान दिनुनपर्ने भनेपछि मात्रै सो कार्य रोकिएको स्रोतको दाबी छ। आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक ३०, २०७८ मंगलवार - ०७:३७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology