Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ललितपुरको इमाडोलमा स्कुटर दुर्घटना, एक युवकको मृत्यु

ललितपुरको इमाडोलमा स्कुटर दुर्घटना, एक युवकको मृत्यु

दैनिकी न्यूज

२८, कार्तिक २०७८
ललितपुरको इमाडोलमा स्कुटर दुर्घटना, एक युवकको मृत्यु
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर दुर्घटना हुँदा ललितपुरको लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

बुढाथोकीलाई उपचार गर्न ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी दिनेश घिमिरेले बताए ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - १०:२३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology