Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

जनकपुरबाट काठमाडौं आइरहेको बसलाई ट्रकले ठक्कर दिँदा २ को मृत्यु

जनकपुरबाट काठमाडौं आइरहेको बसलाई ट्रकले ठक्कर दिँदा २ को मृत्यु

दैनिकी न्यूज

२४, कार्तिक २०७८
जनकपुरबाट काठमाडौं आइरहेको बसलाई ट्रकले ठक्कर दिँदा २ को मृत्यु
images

मकवानपुर । ट्रक र बस एक आपसमा ठोकिँदा मकवानपुरमा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए। रासस

images
प्रकाशित मिति :कार्तिक २४, २०७८ बुधवार - १०:०२:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology