Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सल्यानमा बस दूर्घटना, ८ जनाको मृत्यु

सल्यानमा बस दूर्घटना, ८ जनाको मृत्यु

दैनिकी न्यूज

२१, कार्तिक २०७८
सल्यानमा बस दूर्घटना, ८ जनाको मृत्यु
images

काठमाडौं । सल्यानमा दाङ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार बस सडकबाट २०० मिटर तल खसेको छ ।दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर लिइएको छ ।

घाइतेहरुको नजिकको अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय सल्यानले बताएको छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७८ आइतवार - १४:४९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology