Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

मौसम पूर्वानुमानः प्रदेश १ र गण्डकीमा हल्का वर्षा र हिमपात

मौसम पूर्वानुमानः प्रदेश १ र गण्डकीमा हल्का वर्षा र हिमपात

दैनिकी न्यूज

२१, कार्तिक २०७८
मौसम पूर्वानुमानः प्रदेश १ र गण्डकीमा हल्का वर्षा र हिमपात
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सामान्यतय सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक २१ गते (आइतबार) 

दिउँसो: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा  आंशिक बदली रहने छ।  प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 २०७८ कार्तिक २२ गते (सोमबार) 

दिउँसो: देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।  प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशका प्रदेश नं १ र लुम्विनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ कार्तिक २३ गते (मंगलबार) 

दिउँसो: देशको सुदुर पश्चिम प्रदेश तथा बाँकि प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी  भू-भागमा आंशिक  बदली रहने छ।  

राती: देशका प्रदेश नं १ र लुम्विनी प्रदेशमा आंशिक बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ ।

 

 

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ ।

 

images
प्रकाशित मिति :कार्तिक २१, २०७८ आइतवार - ०८:२३:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology