Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

तीन महिनाको अवधिमा फरार ४७ जना अभियुक्त पक्राउ

तीन महिनाको अवधिमा फरार ४७ जना अभियुक्त पक्राउ

दैनिकी न्यूज

२०, कार्तिक २०७८
तीन महिनाको अवधिमा फरार ४७ जना अभियुक्त पक्राउ
images

वीरगञ्ज । तीन महिनाको अवधिमा पर्सा जिल्ला अदालतबाट विभिन्न समयमा सजाय फैसला भई फरार रहेका ४७ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीको छुट्टाछुट्टै टोलीले पक्राउ गरी अदालतलाई बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले चालु आर्थिक वर्ष २०७८–०७९ को साउनदेखि असोजसम्मको अवधिमा फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । सबैभन्दा बढी भदौमा २३ अभियुक्तलाई पक्राउ गरिएको छ । यस्तै असोजमा १९ तथा साउनमा पाँच अभियुक्तलाई पक्राउ गरिएको खनालले बताए । उनीहरुबाट एक करोड ५२ लाख ४७ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।

अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरिने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । गत आर्थिक वर्षमा प्रहरीले ८० फरार अभियुक्तलाई पक्राउ गरेको थियो । उनीहरूबाट ७१ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक २०, २०७८ शनिवार - १८:२१:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology