Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

आंशिकदेखि सामान्य बदलीको सम्भावना

आंशिकदेखि सामान्य बदलीको सम्भावना

दैनिकी न्यूज

२०, कार्तिक २०७८
आंशिकदेखि सामान्य बदलीको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक १९ गते (शुक्रबार) 

राती: देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक २० गते (शनिबार) 

दिउँसो: देशका प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश नं १ का एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक २१ गते (आइतबार) 

दिउँसो: देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ।  प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

राती: देशका प्रदेश नं १, बागमती प्रदेश र लुम्विनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

 आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७८ शनिवार - ०६:२२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology