भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका ६ बेशीटोलबाट आज शुक्रवार बिहान दुई लाख ६८ हजार तीन सय ९० रुपैयाँ सहित ९जुवा० कौडा खेल्ने र खेलाउने १५ जनालाई पक्राउ गरेको छ ।
बेशीटोलमा दीपककुमार तामाङले सञ्चालन गरेको मङ्गोलियन वेभ रेस्ट्रो एन्ड बारभित्र पैसाको हाररजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई खालबाट नै नगदसहित दुई सय नौ थान कौडासमेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा धनबहादुर तामाङ, वीरवल तामाङ, शुक्रे तामाङ, राजकुमार तामाङ, सञ्जय तामाङ, सोनाम लामा, मनकुमार तामाङ, दिलिपकुमार तामाङ, राजकुमार थिङ, वीरबहादुर तामाङ, कुमार तामाङ, सुरज लामा र दीलिप तामाङ रहेका छन् ।
त्यसैगरी प्रहरीले गोरखा जरङ गाउँपालिका ४ घर भइ चाँगु बस्ने सुमन गुरुङ, बारका सञ्चालक चाँगुनारायण नगरपालिका ६ तेलकोट बेशीटोल बस्ने दीपककुमार तामाङ, राजकुमार तामाङ, सञ्जय तामाङ, सोनाम लामा र मनकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए ।
बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हाररजित हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको र उनीहरूलाई आवश्यक कारबाही अगाडि बढाएको उहाँले जानकारी दिए । रासस