Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ

दैनिकी न्यूज

१७, कार्तिक २०७८
जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ
images

काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ७ दुङ्गेधारास्थित ज्ञानु राईको टहरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय बिलास भट्ट लगायात ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ८ सय रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

तनहुँको शुक्ला गण्डकी नगरपालिका ८ ढोरफेदी लालीम बस्ने बिल बहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय राजुभक्त पराजुली लगायत २९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलई नगद ९ लाख ११ हजार ४ सय ५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :कार्तिक १७, २०७८ बुधवार - १४:१६:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology