Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

प्रदेश-१ मा मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

प्रदेश-१ मा मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

दैनिकी न्यूज

१५, कार्तिक २०७८
प्रदेश-१ मा मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने
images

काठमाडौं । प्रदेश–१ मा मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । आचार्यले कात्तिक ५ गते प्रदेश सभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज छलफल गरी मत विभाजन हुँदैछ । सभामुख प्रदीप भण्डारीले आज दिउँसोको लागि प्रदेश सभाको बैठक बोलाएका छन् ।

आज मत विभाजन भएसँगै नेकपा (एमाले) ले गण्डकी र वाग्मतीपछि प्रदेश–१ मा सरकार गुमाउने निश्चित छ । कात्तिक ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने मिति तोकिएको थियो । तर, त्यही दिन नेपाली कांग्रेसले बैठक स्थगन गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएपछि सदन स्थगित भएको थियो ।

हिजो बसेको विपक्षी ५ दलको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उनीहरुले नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सारेका छन् ।

प्रदेश–१ मा कुल ९२ सांसद छन्। विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । एमालेसँग ४१ र विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्।

images
प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - १०:१७:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology