Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

राष्ट्रपति भण्डारी आज मनाङ जाँदै

राष्ट्रपति भण्डारी आज मनाङ जाँदै

दैनिकी न्यूज

१५, कार्तिक २०७८
राष्ट्रपति भण्डारी आज मनाङ जाँदै
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएकी छन् । राष्ट्रपति भण्डारी भार्ताङ मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ स्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लागेकी हुन् ।

आज सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत उनी अवलोकन भ्रमणका लागि मनाङ पुग्ने कार्यक्रम छ ।

एग्रो मनाङ प्रालि स्याउ फार्मलगायत गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाउको छ ।

तीन दिनदेखि राष्ट्रपति भण्डारी विभिन्न जिल्लाको भ्रमणमा छिन्। शनिबार मुस्ताङको मुक्तिनाथको दर्शन गरेर बागलुङको ढोरपाटन आरक्ष अवलोकन भ्रमण सकेर फर्किएकी उनी आइतबार लुम्बिनी पुगेकी थिइन्।

images
प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - ०८:१६:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology