Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नदीमा डुबेर कैलालीमा दुई जनाको मृत्यु

नदीमा डुबेर कैलालीमा दुई जनाको मृत्यु

दैनिकी न्यूज

१४, कार्तिक २०७८
नदीमा डुबेर कैलालीमा दुई जनाको मृत्यु
images

कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

उनीहरूको शनिबार मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा शवको खोजी गर्दा सोही नदीमा मृतावस्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - ०८:३३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology