Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

को–को छन् डीआईजीको दौडमा ?

को–को छन् डीआईजीको दौडमा ?

दैनिकी न्यूज

१४, कार्तिक २०७८
को–को छन् डीआईजीको दौडमा ?
images

काठमाडौं । सरकारले नेपाल प्रहरीतर्फ डीआईजीको दरबन्दी थप गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले पहिले डीआईजीले सम्हाल्दै आएका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय, ट्राफिक प्रहरी महाशाखालगायतका डीआईजीलाई नेतृत्व दिनेगरी दरबन्दी थप गर्ने तयारी गरेको हो । यस प्रस्तावलाई स्वीकृति दिन गृहमन्त्री बालकृष्ण खाँण तयार रहेको राजधानी दैनिकमा समाचार छापिएको छ ।

डीआईजी बन्ने दौडमा एसएसपीहरु नरबहादुर खत्री, हरिराज वाग्ने, मोहनकुमार आचार्य, नलप्रसाद उपाध्याय, पूजा सिंह, सुशील यादव, शेरखर कोइराला, नरबहादुर केसी, सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापालगायत रहेको पनि समाचारमा उल्लेख गरिएको छ।

डीआईएजी बढुवासँगै एसएसपीका १४ दरबन्दी थप गर्ने तयारी गृह मन्त्रालयको छ । हाल एसएसपीका ६ पद रिक्त छन् । सरकारले ६ वटा डीआईजीको दरबन्दी थपेमा भने थप ६ गरी १२ वटा स्थान खाली हुनेछ । दरबन्दी थप भएका १४ समेत गर्दा २६ एसएसपी पदरिक्त हुनेछन् ।

गृह मन्त्रालयले थप १० जिल्लामा एसएसपीको दरबन्दी राख्नेगरी एसएसपीको दरबन्दी थप गर्ने तयारी गरेको स्रोत बताउँछ । हाल काठमाडौं र ललितपुरमा एसएसपीको दरबन्दी छ । अब प्रदेशको सदरमुकाम रहेका जिल्ला मोरङ, धनुषासहित पर्सा, चितवन, कास्की, रूपन्देही, कैलाली, बाँके जस्ता जिल्लामा पनि एसएसपीको दरबन्दी सिर्जना गर्ने गृहको तयारी छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - ०८:१६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology