Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो

दैनिकी न्यूज

१३, कार्तिक २०७८
काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो
images

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

शुक्रवार काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव १ डिग्री रहेकोमा शनिवार १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताइन्। दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।

हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै शनिवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।रासस

images
प्रकाशित मिति :कार्तिक १३, २०७८ शनिवार - २०:२२:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology