Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नागढुङ्गा सुरुङ मार्गमा दुर्घटना, मजदुरको मृत्यु

नागढुङ्गा सुरुङ मार्गमा दुर्घटना, मजदुरको मृत्यु

दैनिकी न्यूज

१२, कार्तिक २०७८
नागढुङ्गा सुरुङ मार्गमा दुर्घटना, मजदुरको मृत्यु
images

धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङ मार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा धुनीबेंसी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए ।

सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई ठक्कर दिएर घाइते बनाएको थियो ।

घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्ग स्थलमै काम रोकेर वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक मजदुरको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ । रासस 

 

images
प्रकाशित मिति :कार्तिक १२, २०७८ शुक्रवार - १७:५५:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology