Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नक्कली नोटसहित महोत्तरीबाट एक जना पक्राउ

नक्कली नोटसहित महोत्तरीबाट एक जना पक्राउ

दैनिकी न्यूज

११, कार्तिक २०७८
नक्कली नोटसहित महोत्तरीबाट एक जना पक्राउ
images

महोत्तरी । महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई प्रहरीले बिहीबार बिहान नक्कली नोटसहित पक्राउ गरेको हो ।

यसअघि असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका महतोको गौशाला बजारस्थित डेराबाट आठ लाख ९७ हजार ४३५ नेपाली र दुई लाख ८० हजार ९२९ रुपैयाँ भारतीय नोट प्रहरीले बरामद गरेको छ ।

बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशंकामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिए ।

पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय, महोत्तरी पठाइएको छ । महतो भारत र नेपाल दुवैतिरका तरकारी व्यापारी रहेको प्रशरीले जनाएको छ । गौशाला र औरही बजार भारतीय बजारसँग जोडिएका छन् ।

बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने यकिन गर्न बाँकी रहेपनि गत असोजमा भने हजार दरका २२ वटा नक्कली नोट रहेको पुष्टि भएको थियो । सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट चासो दिने सामान्य व्यक्तिले पनि सजिलै छुट्याउन सक्ने प्रहरीको भनाइ छ । रासस

images
प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - १२:४९:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology