Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा पक्राउ

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

११, कार्तिक २०७८
अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा पक्राउ
images

काठमाडौं । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौं गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २७ वर्षीय मिन बहादुर पाइनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका-८ जगडोलबाट प्रहरीले पक्राउ गरेको छ ।

पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पाईनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२(३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ११, २०७८ बिहिवार - १२:४६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology