Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

दैनिकी न्यूज

९, कार्तिक २०७८
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ
images

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका १७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका १ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त स्थानबाट उद्दार गरिएका पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७८ मंगलवार - १२:४४:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology