Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ललितपुरको कनीवहालमा चोरी

ललितपुरको कनीवहालमा चोरी

दैनिकी न्यूज

९, कार्तिक २०७८
ललितपुरको कनीवहालमा चोरी
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १७ मंगलबजार कनिवहाल डेरा गरी बस्ने धादिङ घर भएका देवशिखा राईको कोठाबाट नगद ३ लाख रुपैयाँ, ९ हजार ५० नेपाली रुपैयाँ बराबरको ईराकी दिनार र १ थान मोबाइल समेत गरी करिब ३ लाख ३१ हजार ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

उनको कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरुले ढोकाको चाबी मिलाई ढोका खोली उक्त धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७८ मंगलवार - १२:०९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology