Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

देशका केही स्थानमा पानी पर्ने, पहाडी र हिमाली भेगमा हिमपात हुने, सचेत रहन आग्रह

देशका केही स्थानमा पानी पर्ने, पहाडी र हिमाली भेगमा हिमपात हुने, सचेत रहन आग्रह

दैनिकी न्यूज

९, कार्तिक २०७८
देशका केही स्थानमा पानी पर्ने, पहाडी र हिमाली भेगमा हिमपात हुने, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक ०९ गते (मंगलबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक १० गते (बुधबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका  एक-दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ११ गते (बिहीबार)

दिउँसो: देशभर आंशिक बदलीदेखि सामान्यतया सफा  रहने छ। पहाडी भु-भागका एक वा दुई स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको र उच्च  पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा  र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७८ मंगलवार - ०७:४२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology