Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

मन्दिरका ५० बटुकलाई मिलनले दिए जन्म दिनको 'सरप्राइज' उपहार

मन्दिरका ५० बटुकलाई मिलनले दिए जन्म दिनको 'सरप्राइज' उपहार

दैनिकी न्यूज

८, कार्तिक २०७८
मन्दिरका ५० बटुकलाई मिलनले दिए जन्म दिनको 'सरप्राइज' उपहार
images

पोखरा । तपाईं जन्म दिनमा के गर्नुहुन्छ ? बिहानै नुहाएर मन्दिर जानुहुन्छ पुजा गर्नुहुन्छ, त्यहाँ रहेका अनाथलाई केही दान गर्नुहुन्छ वा कुनै बृद्वाश्रम पुगेर छोराछोरीले छोडेका बुबा आमा भेटेर आर्थिक सहयोग, खानेकुरा खुवाउनुहुन्छ वा परिवारसँग बसेर केक काट्नुहुन्छ ? अर्थात कुनै नयाँ कार्यक्रम घोषणा गर्नुहोला ? तर पोखराका एक युवाले भने खाद्यान्न र खेल सामाग्री वितरण गरेका छन् ।   

युवा व्यवसायी तथा लायन्स क्लव अफ पोखरा हेरिटेजका सदस्य लायन मिलन जि.सीले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न तथा अन्य विभिन्न सामाग्री जन्म दिनमा वितरण गरे। डिभाइन मेटल इण्डष्ट्रिज एण्ड युपिभिसीका म्यानेजिङ डिरेक्टर जिसीले सोमबार परेको जन्मदिनमा पोखराको लेकसाइडस्थित केदारेश्वर मन्दिरका  गुरुकुलमा रहेका ५० बटुकहरुलाई खेल सामाग्री, खाद्यान्नसंगै  वृक्षारोपण तथा टि–गार्ड हस्तान्तरण गरेर जन्म दिन मनाए।

अहिलेको परिस्थितीलाई ध्यानमा राख्दै आफुले फजुल खर्चलाई रोक्दै फरक ढंगको सहयोग गरेको बताए। आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनको भनाई छ। सरप्राइज उपहार प्राप्त भएपछी बटुकहरुले खुसियाली मनाएका थिए । सामान्य परिवारबाट व्यवसायमा हात हालेका जिसि आफैं खेलकुद र धार्मिक क्षेत्रमा रुचि राख्छन ।

images
प्रकाशित मिति :कार्तिक ८, २०७८ सोमवार - १९:००:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology