Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

दैनिकी न्यूज

७, कार्तिक २०७८
ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
images

झापा । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–००१ख ३५२० नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे ५ प ८४७२ नम्बरको मोटरसाइकल आपसमा ठक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

images
प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - ०८:५५:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology