Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

‘तत्काल कारबाही’ गर्ने गरी तिहारलक्षित बजार अनुगमन

‘तत्काल कारबाही’ गर्ने गरी तिहारलक्षित बजार अनुगमन

दैनिकी न्यूज

७, कार्तिक २०७८
‘तत्काल कारबाही’ गर्ने गरी तिहारलक्षित बजार अनुगमन
images

काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रको बजारलाई एकीकृत अनुगमन गरिने भएको छ । बजार अनुगमन व्यवस्थित हुन नसकेको गुनासो बढिरहेका बेला कामपाको नेतृत्वमा एकीकृत अनुगमनको निर्णय लिइएको हो ।

कामपाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गीको अध्यक्षतामा बसेको बैठकले अनुगमनको विस्तृत खाका तयार गरेको बताइएको छ । संयोजक श्रेष्ठले अनुगमनको क्रममा कैफियत देखिए तत्काल कारबाही गर्ने चेतावनी दिइन् ।

‘चाडबाडमा जथाभावी गर्ने व्यापारीलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्नेछौं,’ – उनले बताइन्। टोलीले खाद्यान्न, तरकारी, मरमसला तथा भाइटीका मसलाका सामान र फलफूल, फूल र मालासहित कृषिजन्य सामग्री, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्यवस्तुको मूल्य र गुणस्तर हेर्नेछ । क्षेत्रअनुसार खटाइने अनुगमन टोलीमा नेपाल प्रहरी, कामपा, महानगर प्रहरी, समितिका अधिकारीलगायतको सहभागिता रहनेछ ।

हाम्रो लक्ष्य कसैलाई असजिलो महसुस गराउने होइन, सेवा र वस्तुको गुणस्तर तथा मूल्यलाई व्यवस्थित गर्ने हो, उनको भनाइ छ– ‘स्वच्छ बजार व्यवस्थापनका लागि गरिने अनुगमनले उचित व्यापारिक क्रियाकलाप गर्नेलाई समस्या नपरोस् भन्ने उद्देश्यले अनुगमनलाई उच्च प्राथमिकतामा राखेका हौं ।’

तिहार र छठ पर्व लक्षित अनुगमनपछि पनि बजार अनुगमनलाई निरन्तरता दिने जानकारी दिँदै उनले टोलीमा वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मी रहने बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - ०७:२३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology