Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बलात्कार कसुरदार आठ वर्षपछि धुलिखेलबाट पक्राउ

बलात्कार कसुरदार आठ वर्षपछि धुलिखेलबाट पक्राउ

दैनिकी न्यूज

५, कार्तिक २०७८
बलात्कार कसुरदार आठ वर्षपछि धुलिखेलबाट पक्राउ
images

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ। जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजायँ फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो।

राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो। कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फर्स्योटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएको छ। फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतमा फरार रहेका प्रतिवादी खोजतलासका क्रममा महत पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरिरहेको छ । रासस

images
प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - ११:५४:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology