Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३४ जना पक्राउ

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३४ जना पक्राउ

दैनिकी न्यूज

४, कार्तिक २०७८
तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३४ जना पक्राउ
images

काठमाडौं । पह्ररीले तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३४ जनालाई पक्राउ गरेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ३ सय ७५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित टहरोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मोरङ सानेपोखरी गाउँपालिका(१ घर भएका ४७ वर्षीय निल बहादुर पुलामी मगर लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ९० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका–५ जिलोडास्थित पदम राज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका(४ बस्ने ५० वर्षीय ईन्द्र बहादुर थापा लगायत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - १२:०४:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology