Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

स्रोत नखुलेको ८० लाख नगदग सहित भक्तपुरबाट एक व्यक्ति पक्राउ

स्रोत नखुलेको ८० लाख नगदग सहित भक्तपुरबाट एक व्यक्ति पक्राउ

दैनिकी न्यूज

४, कार्तिक २०७८
स्रोत नखुलेको ८० लाख नगदग सहित भक्तपुरबाट एक व्यक्ति पक्राउ
images

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँ सहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका(१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा।४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ सहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - ११:५८:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology