ललितपुर । ललितपुर प्रहरीले ललितपुरको हात्तीवनबाट दीपक राईले भाडामा लिई बनाएको टहराबाट जुवातास खेलीरहेको अवस्थामा बुधबार साझ ५ जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका अनिल कुमार झा, रामेछापका अमिराज खडका, सिन्धुपाल्चोकका रामप्रसाद सापकोटा, मोरङका निल बहादुर पुलामी मगर, भोजपुरका दीपक राई रहेको महानगरी प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले दैनिकीन्युजलाई बताए ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक हरि बहादुर ओलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको महर्जनको भनाइ छ ।
उनीहरुको साथबाट प्रहरीले ८४ हजार ९० रुपैयाँ नगद र जुवातास खेल्न प्रयोग गरेको १ बुक तास समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।