Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

भारी वर्षाका कारण बाढीपहिरोमा परी मृत्यु हुनेको ८८ पुगे

भारी वर्षाका कारण बाढीपहिरोमा परी मृत्यु हुनेको ८८ पुगे

दैनिकी न्यूज

४, कार्तिक २०७८
भारी वर्षाका कारण बाढीपहिरोमा परी मृत्यु हुनेको ८८ पुगे
images

काठमाडौं । मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित मृत्यु हुनेको ८८ पुगेको छ । दूरपश्चिमबाट सुरु भएको अविरल वर्षा मंगलबारदेखि पूर्वतर्फ सर्दा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति बढी भएको छ । बुधबार पाँचथरमा २७, इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ र मोरङमा ज्ञ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पश्चिमका बझाङ र हुम्लामा ६,६, डोटीमा ५, कपिलवस्तु, प्यूठान, डडेलधुरा, बैतडी र कैलालीमा ज्ञ,ज्ञ जनाको ज्यान गएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको र ३ जना बेपक्ता रहेको पालिका अध्यक्ष अमर माखिमले बताए ।

मंगलबार राति पहिरोमा पर्दा पाच्थरको फिदिम ४ मा २, फाल्गुनन्दमा ३ र कुम्मायकमा १ जनाको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले दर्जनौं घर, परिवार विस्थापित भए पनि टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको बताए ।

इलामको फाकफोकथुम गाउँपालिकामा पुरिएर एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीय रनदक्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चित कटुवालको मृत्यु भएको हो । आजको कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - ०६:५२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology