Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दैनिकी न्यूज

२, कार्तिक २०७८
कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
images

काठमाडौं । चन्द्रागिरी नगरपालिका–११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालक सोही ठाउँ बस्ने स्याङ्जा बिरुवा गाउँपालिका–६ घर भएकी ४२ वर्षीया आरती लम्साल लगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त कोल्डस्टोरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७८ मंगलवार - १३:३८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology