Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज मात्रै चार भुकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज मात्रै चार भुकम्प

दैनिकी न्यूज

१, कार्तिक २०७८
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज मात्रै चार भुकम्प
images

सिन्धुपाल्चोक केन्द्र बनाएर आजै मात्र चार वटा भूकम्प गएका छन्। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर ४.७ रेक्टरको भूकम्प गएको छ। यस्तै १ बजेर ५६ मिनेटमा ४.७ कै भूकम्प गएकाे छ।

यस्तै ३ बजेर २० मिनेटमा सिन्धुपाल्चोककै हगाम केन्द्र भएर ४.१ रेक्टरको भूकम्प गएको हो। ३ बजेर २३ मिनेटमा पनि ४ रेक्टर स्केलकाे भूकम्प गएकाे छ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।

यस अघि आइतबार गोरखा केन्द्र भएर भूकम्प गएको थियो। असोज १६ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो।

images
प्रकाशित मिति :कार्तिक १, २०७८ सोमवार - १८:००:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology