Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई भूकम्प

सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई भूकम्प

दैनिकी न्यूज

१, कार्तिक २०७८
सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई भूकम्प
images

काठमाडौं । सिन्धुपाल्चोकमा सोमबार १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ म्‍याग्निच्‍युडको दुई भुकम्प गएको हो । केन्द्रका अनुसार यी धक्का २०७२ वैशाख १२ कै भूकम्पका परकम्प हुन्।

भूकम्पको धक्का दोलखा, रामेछाप, काठमाण्डौ लगायतका जिल्लामा पनि महसुस गरिएको छ । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

यसअघि आइतबार गोरखा केन्द्रविन्दु भएर ४.३ म्‍याग्निच्‍युडको भूकम्प गएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १, २०७८ सोमवार - १५:१४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology