काठमाडौं । कर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नो कोठामा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।