Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

दैनिकी न्यूज

२८, आश्विन २०७८
तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
images

नवलपरासी (पूर्व) । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ देउराली टाँडी बस्ने ५४ वर्षीय बेद प्रसाद सुनारको कुखुरा फार्ममा तास खेलिरहेको अवस्थामा सुनार लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त फार्ममा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४ हजार ५ सय ५५ रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन २८, २०७८ बिहिवार - ०७:१३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology