Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

विजयादशमीमा टीका लगाउन १०ः०२ बजेको साइत शुभ

विजयादशमीमा टीका लगाउन १०ः०२ बजेको साइत शुभ

दैनिकी न्यूज

२७, आश्विन २०७८
विजयादशमीमा टीका लगाउन १०ः०२ बजेको साइत शुभ
images

काठमाडौं । यो वर्षको विजयादशमीमा टीका लगाउने साइत १० बजेर २ मिनेटमा रहेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यो वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ ।समितिका अनुसार पूर्वफर्किएर मान्यजनको हातबाट टीका लगाउनु पर्दछ । समितिले टीका लगाएर मान्यजनका हातको टीका लगाउन अन्यत्र जानेहरुका लागि टीको साइत कुरिरहन नपर्ने बताएको छ ।

समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीवार महानवमी पर्व रहेको छ । विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापना तथा देवीलाई विसर्जन गरिने साइत छ ।

images
प्रकाशित मिति :आश्विन २७, २०७८ बुधवार - ०८:०२:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology