Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

पहाडी क्षेत्रका केही स्थानबाहेक देशभरको मौसम आज सफा

पहाडी क्षेत्रका केही स्थानबाहेक देशभरको मौसम आज सफा

दैनिकी न्यूज

२७, आश्विन २०७८
पहाडी क्षेत्रका केही स्थानबाहेक देशभरको मौसम आज सफा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन। हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भू–भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ आश्विन २७ गते (बुधबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ आश्विन २८ गते (विहीबार)

दिउँसो: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि  अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि  अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती  प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

२०७८ आश्विन २९ गते (शुक्रबार)

दिउँसो: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि  अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि  अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशको पहाडी भू-भागमा आंशिक बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। 

 

images
प्रकाशित मिति :आश्विन २७, २०७८ बुधवार - ०७:५७:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology