Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

हट्यो मनसुन, यस्तो छ तीन दिनको मौसम

हट्यो मनसुन, यस्तो छ तीन दिनको मौसम

दैनिकी न्यूज

२६, आश्विन २०७८
हट्यो मनसुन, यस्तो छ तीन दिनको मौसम
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन। हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ आश्विन २६ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू-भागको एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू-भागका वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ आश्विन २७ गते (बुधबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ आश्विन २८ गते (विहीबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बाग्मती  प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशको पहाडी भू-भागमा आंशिक बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। 

 

 

 

images
प्रकाशित मिति :आश्विन २६, २०७८ मंगलवार - ०९:३६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology